Sajhamanch Archive

परपुरुषसँग सम्बन्ध राखेकी महिलामाथि दमन, सय कोर्राको सजाय

Published: in विश्व समाचार, by .

एजेन्सी,इन्डोनेशियामा विवाहित महिलाले गैरपुरुषसँग शारीरिक सम्पर्क राखेको भन्दै ती महिलालाई सार्वजनिक रूपमा सय कोर्रा हानिएको छ। ती महिलाले अपराध स्वीकार गरेपछि महिलालाई सार्वजनिक रूपमा यो सजाय दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

ती पुरुष पनि विवाहित नै थिए। तर, उनलाई भने १५ कोर्रा मात्र हानिएको थियो। महिलालाई लगातार १०० पटक पिट्ने क्रममा उनले पीडा सहन नसकेपछि केहीबेर क्रूरता रोकिएको थियो। यस घटनाका भिडिओ र तस्वीर भाइरल हुन थालेका छन्।

घटना इन्डोनेसियाको एइ राज्यको हो। यहाँ कट्टरपन्थीहरुको वर्चस्व छ र उनीहरुको आफ्नै सरकार छ। यहाँका प्रहरी विभागका अनुसन्धान अधिकृत इभान नजर अलवीले भने, “हाम्रो अदालतले अवैध सम्बन्धको अभियोगमा एक विवाहित महिला र एक पुरुषलाई सजाय सुनाएको छ।

मानिस पहिले नै विवाहित थियो। उनीहरुको सम्बन्धको अनुसन्धानपछि महिलाले अपराध स्वीकार गरेकी छन्। यद्यपी ती व्यक्तिले आरोप अस्वीकार गरेका छन्।”

अदालतले महिलालाई सार्वजनिक रूपमा १०० कोर्राको सजाय सुनाएको थियो। सोही अपराधका लागि ती व्यक्तिलाई भने १५ कोर्रा मात्र अदालतले आदेश दिएको थियो। ती व्यक्ति उक्त क्षेत्रमा प्रभावशाली मानिने भाष्करले लेखेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *