झापाका जेनिस उप्रेती बने भ्वाइस अफ किड्सका विजेता
Published: (Updated: )
by .काठमाडौं- १५ वर्षमुनिका बालबालिकाको गायन रियालिटी शो द भ्वाइस किडस्-२०२१ को उपाधि जेनिस उप्रतीले जितेका छन्।
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शोको ग्रान्ड फिनालेु कार्यक्रममा जेनिस विजेता घोषित भएका हुन्। दर्शकको भोटका आधारमा विजेता बनेका जेनिस टिम प्रमोद खरेलका प्रतिस्पर्धी हुन्।
विजेता जेनिसले ट्रफीका साथ रु १५ लाख नगदका साथ विभिन्न उपहार प्राप्त गरे। विजेता जेनिसले आफूले आफ्नी आमाको सपना पूरा गर्न सकेको भन्दै खुशी व्यक्त गरेका थिए। जेनिसकी आमाको केही सयमअघि कोरोना संक्रमित भएर मृत्यु भएको थियो।
यसअघि चारै जना कोचहरुले आफ्नो टिमका प्रतिस्पर्धीहरूसँग स्टेज सेयर गरेका थिए। कोच मिलन नेवारले प्रतिस्पर्धीद्वय नुमा राई र मिन्छामा राईका साथमा स्टेज सेयर गरेकी थिइन्।
यसैगरी अर्की कोच प्रविशा अधिकारीले प्रतिस्पर्धीद्वय अनुजा कडरिया र सुसमी गुरुङका साथमा स्टेज कभर गरेकी थिइन्।
उता कोच प्रमोद खरेलका साथमा प्रतिस्पर्धीद्वय जेनिस उप्रेती र रुक्साना लिम्बूले स्टेजमा साझेदारी गरे। कोच राजु लामाका साथमा सुप्रिम मल्ल ठकुरी र पासाङ डिकी शेर्पाले स्टेज सेयर गरेका थिए।
कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्येक शु्क्रबार र शनिबार प्रसारण हुँदै आएको थियो। २० इपिसोडमा द भ्वाइस किड्सले विजेता घोषणा गरेको हो।
Comments