Sajhamanch Archive

सीमाका विषयमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाउने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं। सीमाका विषयमा नेपालले भारतलाई ‘कूटनीतिक पत्र’ पठाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तयार पारेको कूटनीतिक नोट भारत सरकारलाई पठाउने तयारी भएको हो।

शुक्रबार सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग भएको बताउँदै प्रेस विज्ञप्ति प्रकाशित गरेका थिए।

यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन पहल गर्न आग्रह गरेका थिए। महामन्त्री थापासँगको भेटलगतै प्रधानमन्त्री देउवाले परराष्टमन्त्री डा।खड्कालाई यो विषयमा आवश्यक प्रक्रिया बढाउन निर्देशन दिएका बालुवाटार स्रोतले जनाएको छ।

२५ डिसेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको एक निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै लिपुलेकमा बाटो निर्माण कार्य भइरहेको बताएका थिए।

भारतीय प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसँगै नेपालमा सरकारले यस विषयमा भारतसँग कुरा गर्नुपर्ने आवाज उठ्दै आएको थियो।

तर, सरकारले आवश्यक कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ। यही आलोचनाकै बीच सरकारले ‘कूटनीतिक नोट’ पठाउने तयारी गरेको हो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *