प्रदेश २ को नाम ‘मधेश प्रदेश’
Published:
by .काठमाडौं– प्रदेश २ को नाम मधेश प्रदेश पारित भएको छ। मधेश प्रदेश प्रस्तावको पक्षमा प्रदेशसभामा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० जना प्रदेशसभा सदस्यहरुले मत दिएपछि प्रदेशको नाम मधेश पारित भएको हो।
मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरु सहभागी भएका थिए। यसअघि प्रदेशको स्थायी राजधानीका लागि जनकपुरधाम समेत पारित भइसकेको छ।
झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र स्थायी राजधानी तय भएको हो। सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो।
विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ। प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये ३४ जनाले विपक्षमा मतदान गरेका थिए।
सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।
योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्त्रिृय भएको सभामुख सरोज यादवले घोषणा गरेका छन्।
Comments