Sajhamanch Archive

सर्वोच्च अदालतको पूर्ण बैठक जारी, सेवा सञ्चालनबारे छलफल हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं, सर्वोच्च अदालतमा पूर्ण बैठक ९फुलकोर्ट० जारी रहेको छ । मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा कुन–कुन सेवा कति खोल्ने कति सेवा घटाउने भन्ने विषयमा छलफल हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्ण बैठक बोलाएका हुन् । कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्चले सेवा कटौतीको गृहकार्य थालेको हो ।

अदालतका ३० जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको छ भने अन्य ३० भन्दा बढी कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको र स्वाब परीक्षण गराएर घरमा बसिरहेको सूचना अधिकारी ढकालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *