खुद्रा सहकारीद्वारा ४ विद्यार्थीसहित १३ जना सम्मानित
Published: (Updated: )
by .दूधे । शिवसताक्षी नगरपालिका दूधे स्थित खुद्रा वचत तथा ऋण सहकारीले गत वर्षको एसईई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गरी उत्तीर्ण हुने ४ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
संस्थाले बाह्रौ साधारण सभाको अवसर पारेर विद्यार्थीसहित १२ जनालाई सम्मान गरेको हो ।
संस्थाले सामुदायिक र संस्थागत विद्यालय तर्फ का २÷२ जना छात्र छात्रा र शेयर सदस्य मध्यबाट ज्येष्ठ पुरुष, ज्येष्ठ महिला, असल ऋणी र असल बचतकर्तालाई नगद सहित सम्मान गरिएको हो ।
सामुदायिक विद्यालयतर्फ संस्था सदस्य विनोद सापकोटा छोरा रवि सापकोटा, गोविन्द काफ्लेकी छोरी ग्रेसी काफ्ले सम्मानित भएका छन् । त्यस्तै संस्थागत विद्यालय तर्फ सदस्य कृष्णकुमारी थापा मगरकी छोरी नुमा आङ्वो र जयन्ती निङलेखुका छोरा अनिल निङलेखु सम्मानति भएको संस्थाले जनाएको छ । उनीहरुले प्रशंसा पत्र सहित ३÷३ हजार नगद प्राप्त गरेका छन् ।
त्यस्तै असल बचत कर्ताका रुपमा मेदनी पाठक, गीता सुब्बा र असल ऋणी सदस्यका रुपमा अग्निप्रसाद खरेल र कृष्णकुमारी थापा मगर सम्मानित भएका छन् । उनीहरुलाई २५ सय नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै ज्येष्ठ सदस्यहरुमा पिताम्बर सुवेदी, टिकाराम कार्की, अमृता वस्नेत र सुन्दरकुमारी पाठकलाई २५ सय नगद सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको संस्थाका कर्मचारी लिलाप्रसाद तिम्सिनाले जानकारी दिए ।
यस्तै संस्थाका पूर्व कर्मचारी असोक वस्नेतलाई सम्मान गरिएको छ । उनी संस्थामा कर्मचारीको रुपमा रहँदा असल, कर्तव्यनिष्ठ भई कामकाज गरेको भन्दै सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको संस्थाका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए ।
संस्थाका अध्यक्ष सन्तोष कुमार मैनालीले संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए । सो संस्थाले गत वर्ष २६ लाख ७१ हजार ५३२ खुद नाफा कमाएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै लेखा समितिको प्रतिवेदन संस्थाका लेखा संयोजक श्रीप्रसाद खरेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरका मेयर चन्द्रकुमार सेर्मा, ११ नम्बरका वडा अध्यक्ष भैरवकुमार श्रेष्ठ, माईधाम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदमलाल अधिकारी लगायतले सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष पर्शुराम अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका लेखापाल लोकेश खनालले गरेका थिए ।
Comments