Sajhamanch Archive

प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

Published: in खेलकुद, by .

काठमाडौं- प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन्।

सेमिफाइल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो। यस्तै नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले उत्कृष्ट ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा २३० रन बनायो।

एपीएफका लागि प्रदीप ऐरी र आशिफ शेखको जोडीले ओपनिङ गरेको थियो। यो जोडीले पहिलो विकेटका लागि १५० रनको सानदार साझेदारी गरेको थियो।

आक्रामक ब्याटिङ गरेका आशिफ ८४ रन बनाएर पभेलियन फर्किए। उनले ४३ बलमा ५ छक्का तथा १० चौका प्रहार गरेका थिए। यसैगरी टिमको स्कोर १६२ रन हुँदा एपीएफका कप्तान शरद भेषावकर दोस्रो विकेटको रुपमा आउट भएका थिए।

त्यसपछि क्रिजमा आएका लोकेश बमले पनि उत्कृष्ट पारि खेले। १८ बल खेलेका लोकशले ६५ रनको नटआउट पारि खेलेपछि एपीएफको स्कोर २३० रन पुगेको थियो।

लोकेशले ९ छक्का र २ चौका प्रहार गरेका थिए। यसैगरी ओपनिङ आएका ऐरी ५७ रनको नटआउट पारि खेले। उनले ५३ बल फेस गर्दा १ छक्का र ७ चौका प्रहार गरे। सुमित श्रेष्ठ र जितेन्द्र मुखियाले एकरएक विकेट लिए।

जवाफमा आर्मी क्लव २० ओभरमा नौ विकेट गुमाउँदै १८३ रनमा रोकियो। राम्रो सुरुआत गरे पनि उसका मध्येक्रमका खेलाडी सस्तैमा आउट हुँदा पराजित हुन पुग्यो।

यस्तै आज भएको पहिलो खेलमा पुलिसको दिएको १५६ रनको लक्ष्य पच्छ्याएको बागमती प्रदेश ८ विकेट गुमाएर १०५ रनमा रोकिएपछि पुलिस ५० रनले विजयी भएको थियो।

टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५५ रन बनायो। पुलिसका लागि पवन शर्राफले अर्धशतकीय पारि खेले। उनले ५४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५९ रन बनाएका थिए।

ओपनिङमा आएका शंकर राना ८ रन बनाएर आउट हुँदा पुलिसले २७ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी खाता नै नखोली आउट हुन पुगे।

२७ रनमै दोस्रो विकेट गुमाएको पुलिसको पारिलाई पवन र अनिल साहले अघि बढाएका थिए। तेस्रो विकेटको रुपमा अनिल आउट हुँदा पुलिसको स्कोर १०५ रन भएको थियो। १५.१ ओभरमा अनिल व्यक्तिगत २५ रन बनाएर पभेलियन फर्किएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *