राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाको गठबन्धन
Published:
by .जनकपुर, मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्। एमाले र लोसपाले संयुक्त रुपमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएका हुन्।
यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ। लोसपाको तर्फबाट अन्य समूहबाट उम्मेदवारी दिन पुगेका श्यामकुमार सरदार उम्मेदवारी दिन सकेका थिएनन्।
अब राष्ट्रियसभाका लागि लोसपाको तर्फबाट महिला कोटामा रुपाकुमारी यादवको उम्मेदवारी रहने जानकारी लोसपाको मधेश प्रदेशका सचेतक परमेश्वर साहले दिए।
त्यस्तै एमालेबाट अन्य समूहमा उस्मान अन्सारीको उम्मेदवारी रहने एमाले सचिव रघुवीर महासेठले बताए।
Comments