Sajhamanch Archive

स्थानीय तहमा पदाधिकारी रिक्त हुने कल्पना पनि गर्न सकिँदैन : महामन्त्री थापा

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुने बताएका छन्। स्थानीय तहको निर्वाचनभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन गर्ने चर्चा चलिरहँदा महामन्त्री थापाको यस्तो टिप्पणी आएको हो।

थापाले बिहीबार दिउँसो ट्विट गर्दै भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन।

अतः निर्वाचनबारे कुनै निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ। कांग्रेस प्रष्ट छ९असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ।’

पदाधिकारीको कार्यकाल सकिएपछि मात्र स्थानीय तहको चुनाव गराउने कसरतमा सत्ता गठबन्धन जुटेको छ। नेकपा एमालेले समयमै स्थानीय चुनाव गराउन जोडबल गरिरहे पनि सत्ता गठबन्धनका दलमा ६ महिना पछि सार्न सहमति भइसकेको छ।

Gagan Thapa
@thapagk
हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *