Sajhamanch Archive

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

चितवन- सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि यातायातसमेत अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको जनाएको छ। पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने प्रहरीको भनाइ छ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको बताएका छन्। उनले पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएका छन्।

ठूलो पहिरो खसेकाले बाटो खुल्न समय लाग्ने भएकाले बैंकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। पहिरो पन्छाएर सवारी सुचारु गर्न मध्यान्हसम्म लाग्ने इन्जिनियर खनालले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *