Sajhamanch Archive

झापा गाउँपालिकाले गर्यो २२० जना छात्रालाई साइकल वितरण

Published: in प्रदेश तह, मुख्य समाचार, शिक्षा, by .

बिर्तामोड, झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस् भनेर पालिकामा अध्यानरत् कक्षा ९ का २२० जना छात्रालाई नि:शुल्क साईकल वितरण गरेको छ ।

झापा गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी झापा गाउँपालिकामा रहेको जनता मा वि, जनकल्याण माबि, डिल्लीराज माबि, कुवाडीदेबि माबि र महेन्द्र माबिमा अध्ययनरत २२० जना छात्राहरुलाई साईकल बितरण गरेको हो ।

हरेक वर्ष गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिदै आएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए । साईकल पाउनका लागि छात्राहरुले नियमित रुपमा विद्यालय जानुपर्ने नियम छ ।

कार्यक्रममा अध्यक्ष शाहले बालबालिकालाई साईकल बितरणबाट उनीहरुको शिक्षाआर्जन गर्न पाउने मौलिक हकमा समेत सहयोग मिलेको बताए ।

आदिवासी, लोपोन्मुख सन्थाल र मधेसीमुलको बाहुल्यता रहेको यस झापा गाउँपालिकामा अधिकांश वालिकाहरु विचमै विद्यालय छाड्ने र चाँडै विवाह हुने समस्या रहेको छ । यस बर्ष साईकल वितरणका लागि २० लाख रुपियाँ गाउँपालिकाले बजेट विनियोजन गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *