Sajhamanch Archive

एउटै टोलका युवाहरुको अल्पायुमै ज्यान गएपछि शान्ति कामना गर्दै सामाजिक एकाहा पुराण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी ११ मा आज शनिबार सामाजिक एकाहा पुराण लगाइएको छ।

शिवसताक्षी ११ को पञ्चकन्या टोलमा गएको २ वर्ष यता ७ जनाको अल्पायू मै निधन भएपछि शान्तिका कामना गर्दैै सामाजिक एकाह पुराण लगाइएको हो । पुराणमा अन्य पितृहरुको उद्धारका लागि पनि शान्तिका कामना गरिएको थियो ।

एउटै टोलका २० देखि ५० उमेर समूहमा युवाहरु सडक दुर्घटना तथा अन्य कारणले मृत्यु भएको थियो । उनीहरुको आत्माको शान्तिका लागि पुराण लगाइएको पुराण आयोजक समितिले जनाएको छ । १५ जना पुरोहितहरुले भागत, रुद्री, चण्डी पाठ गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *