सत्य लक्ष्मी र प्रकाह कृषि सहकारीको साधारणसभा सम्पन्न
Published:
by .भद्रपुर । सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को पाँचौ वार्षिक साधारण सभा चन्द्रगढीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा भद्रपुर १० वडा कार्यालयमा सम्पन्न भएको हो ।
७९ जना शेयर सदस्य रहेको सहकारीको २ लाख ३५ हजार ५ सय शेयर पूजी सहितको विवरण सहित अध्यक्ष पाण्डेले वार्षिक नीति तथा योजना सार्वजनिक गरेका थिए ।
सचिव कमलप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रममा गायक तथा संगीतकार दिपेन्द्र भट्टराईले गीत मार्फत स्वागत गरेको कार्यक्रममा उत्कृष्ट बचत कारोवार सम्मानबाट ऋतु पुरी, ऋण कारोवार सम्मानबाट हरिमाया निरौला, जेष्ठ सदस्य सम्मानबाट कमलप्रसाद पाण्डे र सञ्चालक सदस्य सम्मानबाट निर्मला खरेल लगायतलाई सम्मान गरिएको थियो ।
प्रकाह कृषि सहकारी संस्थाको साधारण सभा
यसैगरी प्रकाह कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ९ को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चुडामणि मैनालीको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा मुना भवन चनद्रगढीमा कायाृक्रम सम्पन्न गरिएको हो ।
सचिव डिल्लीराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा एकता मुल कृषि सहकारीका अध्यक्ष भगिरथ नेपाल, राष्ट्र सेवक सहकारीका अध्यक्ष खडानन्द गुरागाई लगायतले शुभकामना मन्तवय राखेका थिए ।
अध्यक्ष मैनालीले वार्षिक नीति तथा कार्यक्रम सर्वजनिक गरेको कार्यक्रममा कोषाध्यक्ष गोपिकृष्ण न्यौपानेले ४ करोड २० लाख ७८ हजार २ सय ४१ को वार्षिक आर्थिक विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वेष्ठ सदस्य नरबहादुर कार्की, विष्णुमाया सुवेदी लगायत ७ जनालाई सम्मान समेत गरिएको थियो ।
Comments