Sajhamanch Archive

न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढ्यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं – देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ। केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो।

महाशाखाका अनुसार शुक्रबार अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री सेल्सियस रहेको डडेलधुराको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन गरिएको थियो।

शनिबार भने डडेलधुराको अधिकतम तापक्रम ७ डिग्री र न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ। यस्तै शुक्रबार अधिकतम तापक्रम २१ दशमलव २ र न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको दिपायलको तापक्रम शनिबार घटेको छ।

शनिबार दिपायलको अधिकतम तापक्रम १८ दशमलव २ र न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रं सेल्सियसम्म झरेको छ। यस्तै शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १६ दशमलव १ डिग्री तथा न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री मापन गरिएको थियो।

शनिबार भने काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ।

अझै केही दिन मौसम पूर्ण रुपमा नखुल्ने भएकाले चिसो बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार आइतबार केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *