Sajhamanch Archive

यो सरकार आएपछि मुलक सकंटतर्फ धकेलियो : अध्यक्ष ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको ६ महिने कार्यकालको समीक्षा गरेका छन् । प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि नै सदन अवरुद्ध गर्दै आएको एमालेले प्रतिपक्षीको रूपमा प्रेस वक्तव्यमार्फत् सरकारबारे धारणा सार्वजनिक गरेको हो ।

एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा वर्तमान सरकारको ६ महिने कार्यकालका कारण मुलुक गहिरो संकटतर्फ धकेलिँदै गएको बताएका छन् ।

साथै, उनले यो सरकार आएदेखि अर्थतन्त्रमा नकारात्मक प्रभाव आएको पनि उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *