Sajhamanch Archive

निरन्तर ओरालोमा नेप्से, ४ अर्बमा खुम्चियो कारोबार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं- यो साता निरन्तर ओरालो लागिरहेको सेयर बजारमा चौथो कारोबार दिन बुधबार पनि यो क्रम जारी रह्यो। आज पुँजीबजार मापक परिसूचक ९नेप्से० ३८.८२ अंकले घटेर २७७६.६५ बिन्दूमा आर्लिएको छ।

आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६।५६ अंकले घटेको छ। सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ। आइतबार आठ अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार रकम आज चार अर्ब रुपैयाँमा खुम्चिएको छ।

यसअघि मंगलबार पाँच अर्बभन्दा माथिको सेयर कारोबार भएकोमा बुधबार ९आज० चार अर्ब ३१ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको हो। यस दिन ९३ लाख ५८ हजार ७०० कित्ता सेयर किन(बेच भएका छन्।

यस दिन विन लघुवित्त र बुद्धभुमि हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो। सीईडीभी हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्सको चार प्रतिशत, मैलुङ खोला जलविद्युत् र कालिका माइक्रोफाइनान्सको सेयर मूल्य १।९७ प्रतिशतले बढेको छ।

यता पोखरा फाइनान्सको सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको ४.२८ प्रतिशत, मानुषी लघुवित्तको ४.२४ प्रतिशत, समृद्धि फाइनान्सको ३.६५ प्रतिशत, घलेम्दी हाइड्रोको ३.५० प्रतिशत र एसियन लाइफ इन्स्योरेन्सको ३.४६ प्रतिशतले घटेको छ।

बुधबार अपी पावरको सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख, अपर तामाकोसीको १० करोड ३१ लाख, जलविद्युत् लगानी तथा विकास कम्पनीको नौ करोड ८६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको नौ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २।४२ प्रतिशतले घटेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *