Sajhamanch Archive

लुम्बिनी र सुदूरपश्चिममा समाजवादीका गैरे र शाह विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

बुटवल,राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको महिला सिटमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। एकीकृत समाजवादीकी उम्मेदवार राजेन्द्रलक्ष्मी गैरे एमाले उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन्।

विजयी गैरेले ४ हजार ३ सय ७४ मत प्राप्त गरेकी छन्। एमाले उम्मेदवारले ३ हजार ३ सय १२ मत प्राप्त गरेकी छन्। यसअघि सुदूरपश्चिम प्रदेशको महिलातर्फको सिटमा पनि एकीकृत समाजवादीकी गरिमाकुमारी शाह विजयी भइसकेकी छन्।

शाह प्रदेश सभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन्। शाहकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १ हजार १५२ मतभार प्राप्त गरेकी छन्।

विजयी शाह नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन्। उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *