Sajhamanch Archive

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तीनैजना विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

बुटवल, लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

सत्ता गठबन्धनका तर्फबाट कांँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्।

उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरे। मतदानमा प्रदेश सभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए। आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकेको थियो।

१९ पदका लागि सातै प्रदेशमा भएको मतदानमा ४३ जना प्रतिस्पर्धी थिए। सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएका थिए। एमाले र लोकतान्त्रिक समाजवादीले प्रदेश २ मा गठबन्धन गरेका थिए। अन्यत्र एमाले एक्लै उभिएको छ।

२०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित सांसदहरुमध्ये २० जनाको कार्यकाल ४ वर्षे कायम भएको थियो। तीमध्ये १९ जनाको स्थान पूर्तिका लागि आज मतदान भएको हो। एक जना भने राष्ट्रपतिले मनोनित गर्नेछिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *