दलिततर्फ सुदूरपश्चिमबाट माओवादीका पार्की विजयी
Published: (Updated: )
by .कञ्चनपुर, नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन्। उनी दलिततर्फबाट गठबन्धनका साझा उम्मेदवार थिए।
उनले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार नरेश विकले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मत प्राप्त गरेका छन्।
बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान भएको थियो। बुधबार रातिसम्म सबै प्रदेशको परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ।
Comments