बैतडी बस दुर्घटनाका घाइते आठ जनालाई उपचारका लागि डडेल्धुरा पठाइयो
Published:
by .बैतडी, कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको पवनदूत यातायातको बस पटन–पञ्चेश्वर सडक खण्डको रौतगउँमा दुर्घटना हुँदा घाइते भएका आठ जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको छ ।
बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका वडा–२, को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका– ६, का ४८ वर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ वर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ वर्षीय रामसिंह साउद, मेलौली–२, का २१ वर्षीय मनिष चन्द, कञ्चनपुरको दैजीका २१ वर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज अन्सारी रहेका छन् ।
त्यसैगरी, अन्य घाइतेमा शिवनाथ गाउँपालिका–१, का २१ वर्षीय सुशिला चन्द र शिवनाथ्–६, का २९ वर्षीय जनक आउजी घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिए ।
बसमा ३२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक खड्काले जानकारी दिए । बस सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले बताएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन् । बस चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments