झापामा १२१ सीमा स्तम्भ हराए
Published: (Updated: )
by .भद्रपुर । नेपाल भारत १४२ किलो मिटर क्षेत्र भारतसँग सीमा जोडिएको झापा जिल्लामा मात्र १ सय २१ वटा नेपाल–भारत सीमास्तम्भ हराएको पाइएको छ ।
भारतसँग सिमाना जोडिएको १ सय ४२ किलोमिटर क्षेत्रमा रहेका ९ सय ८८ सीमा स्तम्भमध्ये ३ वटा जङ्गे पिल्लरसहित १ सय २१ वटा पिल्लर हराएका हुन् ।
हराएकामध्ये साना १ सय १० वटा, सहायक स्तम्भ ८ वटा र जङ्गे पिल्लर ३ वटा छन् । झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार हराएका सीमास्तम्भको विषयमा गृह मन्त्रालयलाई लिखित जानकारी गराइसकिएको छ । भारतको पश्चिम बङ्गाल र विहारसँग सिमाना जोडिएका क्षेत्रका सीमा स्तम्भहरू केही मेची नदीले बगाएको र कतिपय भारतीय सुरक्षा फौजले नै गायब गरेको हुन सक्ने स्थानीयको भनाइ छ ।
Comments