Sajhamanch Archive

देशभर ४,९०४ संक्रमित थपिँदा थप ६ जनाको मृत्यु, ५,९२४ संक्रमणमुक्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौ, नेपालमा शनिबार कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै पाँच हजार कोरोना संक्रमित थपिँदा करिब ६ हजार संक्रमणमुक्‍त भएका हुन् ।

आज ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् भने ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४८ हजार ६६० पुगेको छ ।

कोरोनाका कारण आज थप ६ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *