राप्रपाले गर्यो दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन
Published:
by .काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले २/२ महामन्त्री तथा उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेको छ।
आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानअनुसार उनीहरुलाई मनोनयन गरेका हुन्। उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनयन गरिएको छ। यस्तै, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रहलादप्रसाद साहलाई मनोनयन गरिएको हो।
सहायक महामन्त्रीहरुमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनयन गरिएको छ।
साथै, पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरुको जिम्मेवारी बाँडफाँड गरिएको छ। आर्थिक विभागको दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभागको पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभागको रविन चाम्लिङ्ग, तराई मधेश विभागको रामप्रताप साह (भोला) , अभिलेख तथा मुल्याङ्कन विभागको मीना सुवेदी र सहकारी समन्वय विभागको सुदर्शन थापालाई जिम्मेवारी दिइएको छ।
Comments