पदले होइन योगदान र कर्मले मानिस ठूलो हुन्छः पूर्वमन्त्री खरेल
Published:
by .भद्रपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले मानिस पदले नभएर योगदान र कर्मशीलताले ठूलो हुने बताएका छन् ।
भद्रपुर जेसीजको ४६ औं पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रहेका खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै समाज रूपानतरणमा पदले नभएर कार्यशैली र निरन्तरको योगदानले ठूलो बनाउने बताएका हुन् ।
पूर्व कानुन मन्त्री समेत रहेका खरेलले लोकतन्त्रको सुन्दर चरित्र आफ्नो आस्था र विचार प्रवाह गर्न स्वतन्त्रता रहेको भन्दै नीति र विधिलाई स्वीकार गर्ने इमान समेत आवश्यकता भएको धारणा राखेका छन् ।
महान्यायधिवक्ताको जिम्मेवारी समेत सम्हाली सकेका खरेलले जेसीजले समाज सुधारका लागिअभियान चलाउँदा महिला बिरूद्धका गतिविधि, लागुऔष दुव्र्यसन विरूद्ध जागरण लगायत सामाजिक, साँस्कृतिक कुप्रथा बिरूद्ध सशक्त जागरण सहितका कार्यक्रमले समाज रूपान्तरण गर्नु पर्ने धारणा राखेका थिए ।
Comments