एमसीसी र निर्वाचनले सक्रिय गरायो सत्तारुढ गठबन्धनका शिर्ष नेतालाई ! देउवा, दाहाल र नेपाल फेरि छलफलमा
Published: (Updated: )
by .काठमाडौ, सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरु फेरि छलफलमा जुट्ने भएका छन् । बुधबार बिहान ११ बजेदेखि एक घण्टा बालुवाटारमा छलफल गरेका तीन नेताहरु अहिले अपरान्ह ४ बजे बालुवाटारमा जुट्दैछन्।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनले सत्ता गठबन्धनमा विवाद बढिरहँदा माओबादी केन्द्रमा अध्यक्ष पुस्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांँँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा फेरि संवाद हुन लागेको हो।
बुधबार बिहान सत्ता गठबन्धनमा रहेका तीन शीर्ष नेताबीच छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको थियो। तीन नेताबीच स्थानीय तहको निर्वाचन, एमसीसीको विषयमा फेरि छलफल हुने भएको छ।
प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने अडान लिइरहेका छन्। उनले गठबन्धनसँग छलफल नगरी स्थानीय निर्वाचन आगामी जेठ ४ गते गर्ने भनेपछि सदस्य दलहरु सशंकित छन्।
त्यहीकारण बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँण नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेर भेटेका थिए। यस्तै मंगलबार प्रधानमन्त्री देउवाले दूतका रुपमा नेताहरु पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई खुमलटार पठाएर छलफल गराएका थिए।
मंगलबार खड्का र कार्कीसँगको संवादपछि अध्यक्ष दाहाल र नेपालले देउवासँग संवादका लागि बालुवाटार जाने निर्णय लिएका थिए।
प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने अडान लिएर प्रक्रिया अघि बढाउन चाहिरहँदा अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल संशोधन नगरी एमसीसी पास गर्न नहुने पक्षमा छन्।
यस्तोमा तीन नेताहरुबीच बालुवाटारमा एकै दिन दोस्रो पटक संवाद हुन लागेको हो। देउवाले राष्ट्रियसभा निर्वाचनपछि आफूलाई आक्रमक रुपमा अघि बढाएपछि गठबन्धनका अन्य दलहरु सशंकित भएका छन्।
Comments