Sajhamanch Archive

३ हजार ६३७ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु, ७ हजार ५५५ जना संक्रमित निको

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११ हजार ५८२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २२०५ पीसीआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *