Sajhamanch Archive

भद्रपुरका कृषकलाई कृषि सामाग्री प्रदान

Published: (Updated: ) in विविधा, समाज by .

भद्रपुर । प्रदेश सरकारद्वारा प्रदान गरिएको झापाको भद्रपुर ९ का कृषकहरुलाई २० थान मोटर सहितको ट्युवेल जडान पाइप एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।

भद्रपुर ९ को वार्ड कार्यलय चन्द्रगढीमा बुधवार आयोजीत संक्षिप्त कार्यक्रमका वीच भद्रपुर ९ का वार्ड सदस्य नुतन पौडेलको एकल पहलमा भुमिगत जलश्रोत विकाश समिति विराटनगर मार्फत उपलब्ध स्यालु टुवेल पाईपलाई नेकपा एमाले झापा जिल्ला कमिटी उप सचिव असारु राजबंशी, सदस्य पौडेल वार्ड अध्यक्ष शनीलाल राजबंशी लगायतले कृषकहरुलाई प्रदान गरेका छन् ।

यहि माघ १८ गते मात्र प्रदेश सरकारले समृद्ध मधेश सिंचाई बिषेश कार्यक्रम अन्र्तगत उपभोक्ता समुह मार्फत प्रदान गरिएको उत्त ट्युवेल पाईपबाट ४ बिघाको एक चक्ला बराबर १ सय विघा भन्दा माथिको जमिन सिंिचत गर्न मिल्ने छ । ट्युवेल जडान पश्चात सो वार्डका २ सय माथिका कृषकहरु लाभान्वीत हुने छन् ।
ट्युवेल हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला कमिटी उप सचिव राजबंशीले ट्युवेल जडानबाट वार्ड नं ९ का जनता प्रत्यक्ष लाभान्वीत हुने भन्दै कृषकहरुको आर्थिक बृद्धि संगै देशको आय आर्जन समेत बढ्ने बताए ।

कार्यक्रममा बोल्दै वार्ड सदस्य पौडडेलले वार्डका कृषकहरुलगायतका जनसरोकारका बिषयमा आफुले उल्लेखनीय कार्यहरु गर्ने गरेको बताउँदै कृषकको जमिनलाई सन्चित पुर्याउने उदेश्यले आफनै पहलमा प्रदेश सरकारले उपलब्ध गरायको टुवेल पाईपबाट जनतालाइृ प्रत्यक्ष लाभ पुग्ने भन्दै कृषकहरुलाई जडान गरियको ट्वेयुलको सहि रुपमा प्रयोग गर्न आग्रह गरे ।

वडा अध्यक्ष शनिलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपभोत्ता समुह अध्यक्ष हरी दाहाल लगाएतका कृषकहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेका थियो । समुह मार्फत वार्ड भित्रका २० जना कृषकहरुलाई उत्त ट्युवेल प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *