बेइजिङमा शीतकालीन ओलम्पिक सुरु, अमेरिकासहित कयौं देशले गरे राजनीतिक बहिष्कार
Published:
by .एजेन्सी, चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक २०२२ को सुरुआत गरिएको छ।शुक्रबारबाट शीतकालीन ओलम्पिक सुरु भएसँगै बेइजिङ एक्लो यस्तो शहर बनेको छ जसले ग्रीष्म र शीत दुबै ओलम्पिक खेलको आयोजना गरेको छ।
कोविड-१९ को कडा प्रतिबन्धकाबीच यो ओलम्पिक राजनीतिक तनावले घेरिएको छ। अमेरिकासहित कयौं देशले चीनको शिनजियांगमा मानवाधिकारको उल्लंघनको आरोपका कारण यस आयोजनाका कुटनीतिक स्तरमा बहिष्कार गरेको हो।
एथलेटिक र अधिकारी कोभिडको प्रसारबाट बच्नका लागि तयार गरिएको‘बबल’ भित्रनै बसेका हुन्। उनीहरुलाई यस बबलसँग बाहिर जाने इजाजत छैन। भारतले राजनीतिक स्तरमा आयोजनाको बहिष्कार गरेको छ।
Comments