चट्याङ लागेर सल्यान र सुर्खेतमा दुई जनाको मृत्यु
Published:
by .सुर्खेत । सल्यान र सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका-११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको चट्याङ लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।
गएराती खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी गम्भीर घाइते भएकी खत्रीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काका अनुसार हिजो अबेर राति परेको चट्याङले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर सात लामासरा कि चालीस वर्षीया रामकली कामिको मृत्यु भएको हो ।
अहिले सल्लिबजारबाट एक प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । यसैबीच पश्चिमा वायुका प्रभावका कारण हिजोदेखि देशभर वर्षा भइरहेको छ ।
मुख्यगरी हिजो दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णालीमा वर्षा भइरहेको छ भने उच्चपहाडी र हिमाली क्षेत्रमा व्यापक हिमपात भइरहेको छ ।
दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पामा हिजो राति देखि नै हिमपात पर्न सुरु भएको हो । हिमपातले जनजीवन कष्टकर बनाए पनि उच्च हिमाली क्षेत्रका किसान भने हर्षित भएको हुम्लाका कमल शाहीले बताए ।
‘हिमपातले जाडो बढायो तर यहाँको कृषि जन्य उत्पादन बढ्ने पक्का छ,’ उनी थप्छन, ‘किसानका लागि हिमपात हुनु महत्वपूर्ण हो ।’
Comments