Sajhamanch Archive

चितवनमा मारुती भ्यान र टिपर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भरतपुर– चितवनमा पिकअप (मारुती) भ्यान र टिपर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र लु २ ख १७०१ नम्बरको टिपर एकआपसमा ठोक्किँदा भ्यानमा सवार २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३६ वर्षीया निशा वली र उनकै छोरा ९ वर्षीय निमेश ढुङ्गाना रहेका छन्।

भ्यानमा चालक ३५ वर्षीय राजकुमार ढुङ्गानासहित परिवारका ४ जना सदस्य सवार थिए। दुर्घटनामा परेर चालक ढुङ्गाना र उनकी सासुआमा ५८ वर्षीय धिर माया वली घाइते भएका छन्।

दुर्घटनामा परेका उनीहरुलाई उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ पठाउने क्रममा निमेशको बाटोमै र निशाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घाइते भएका चालक ढुङ्गाना र उनकी सासुआमा वलीको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *