Sajhamanch Archive

उखुबारी हत्या प्रकरणमा आरोपित तीन जना पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by .

विराटनगर- सिरहाका २९ बर्षीय अनिलकुमार मण्डलले कारोबार एकलौटी बनाउन तीन साझेदारको हत्या गरेको खुलेको छ।

सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको सम्भुनाथ नगरपालिका -४ का ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या उनको योजनामा भएको प्रहरीले बताएको छ।

मण्डलको योजनामा भारतीय हत्यारासमेत बोलाएर हत्या भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भारतीय भने पक्राउ परेका छैनन्। प्रहरीले सिरहाको सिरहा नगरपालिका २१ का ३१ वर्षीय अनिलकुमार मण्डलसहित उनका दुई सहयोगीलाई पक्राउ परेका छन्।

मण्डललाई काठमाडौंबाट माघ २० गते पक्राउ गरेको प्रहरीले मोरङको जहदा-४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिननाथ सोनारलाई विराटनगर- ५ बाट र धनपालथान ७ कमलपुर बस्ने ६२ वर्षीय नसिर आलमलाई विराटनगरको मटेरुवाबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका तीन जनालाई शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ। श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान ७ स्थित बोर्डिङ टोलस्थित उखुबारीमा हत्यापछि गाडिएको अवस्थामा माघ १३ गते फेला परेको थियो।

यस्तै लिम्बूको शव भक्तपुरको थेचोमा गाडिएकै अवस्थामा विहीबार फेला परेको थियो। प्रहरीका अनुसार तीनै जनाको हत्या डोरी र गाम्छाले कसेर गरिएको थियो। हत्यापछि शव खाल्डोमा हालेर त्सलाई गलाउन नुन प्रयोग गरेको पाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *