जोरबिजोर सोमबारबाट हट्ने, बिद्यालय भने फागुन एक गतेदेखि खुल्ने
Published: (Updated: )
by .काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली हटाउनुका साथै फागुन १ गतेदेखि विद्यालय खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
सीसीएमसीको आइतबार बसेको बैठकले सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली तत्काल हटाउन सिफारिस गरेको छ। पछिल्लो समय सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटे पनि निजीमा यथावत् छ।
सीसीएमसीले आगामी फागुन १ गतेबाट विद्यालय खोल्न पनि सिफारिस गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण बढ्दै गएपछि माघ पहिलो सातादेखि देशभरका विद्यालय बन्द गरिएको थियो।
Comments