विर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत
Published:
by .माघ । बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलाई स्वागत गरीएको छ ।
नगरपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई स्वागत गरीएको हो ।उहाँलाई नगरप्रमुख ध्रवकुमार शिवाकोटी र उपप्रुमख पवित्रा महतारा प्रसाईले खादा लगाएर स्वागत गर्नु भयो । न्यौपाने सुनसरीको दुहवी नगरपालिकाबाट सरुवा भएर आइतबार बिर्तामोड आउनु भएको हो । प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल सरुवा भएर फिदीम नगरपालिका गएपछि रिक्त रहेको ठाउँमा आउनु भएका न्यौपानेले आइतबार देखिनै कार्यभार सम्हाल्नु भएको छ ।
स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारी विच अहिलेसम्म कुनै पनि गुनासो रहेको बताए । देश विकासमा कर्मचारीको भुमिका मुख्य रहने भन्दै उनले अनुशासन र कर्तव्यमा ध्यान दिन आग्रह गरेका थिए । कर्मचारीकाकारण कुनै पनि सेवाग्राहीले दुःख पाउन नहुने भन्दै उनले मुस्कान सहितको सेवामा जोड दिए ।
यस्तै उपप्रमुख पवित्रा महातारा प्रसाईले बिर्तामोड प्रमुख प्रशासकिय अधिकृत विहीन भएको धेरै दिन भएकाकारण योजनाकाकामहरु धेरै थाँती रहेको बताइन् । उनले बिर्तामोडमा धेरै चुनौती रहेको र त्यसलाई फेस गर्दै विर्तामोडलाई उदाहरणीय नगरकारुपमा विकास गर्नका लागि अघि बढ्न शुभकामना दिइन्
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनप्रतिनिधिसंग समन्वय गर्दै नगरपालिकाको विकासका काममा प्रार्थमिकताका साथ लाग्ने प्रतिवद्वता व्यक्त गर्नु गरे । जनप्रतिनिधिको मुल्याङ्कन कर्मचारीकै कामले हुने भन्दैयसलाई व्यवस्थित ढंगले अघि बढाउने उनले बताए । उनले नगरपालिकामा अहिलेसम्म भएका विषयगत शाखाहरुको कार्यप्रगति विवरण हेरेर थप योजनाकासाथ अघि बढ्ने पनि बताए ।
नगरप्रमुख ध्रवकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पवित्रा महातारा प्रसाईले स्वागत गरकी थिइन् । कार्यक्रममा बिर्तामोड ५का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।
Comments