Sajhamanch Archive

फेरि विभाजनको मुखमा राप्रपा, कमल थापाले आफू निकटको भेलामा विकल्पको लागि तयार रहन गरे आग्रह

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पराजित भएपछि तीव्र असन्तुष्टि जनाइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वतमान अध्यक्ष कमल थापा विकल्पको खोजीमा जुटेका छन्।

मंसीर २७ गते महाधिवेशनबाट निर्वाचित बनेको नेतृत्वसमक्ष विभिन्न मागहरू राखेका थापा आफूले अगाडि सारेका माग सम्बोधन हुने छाँटकाँट नदेखिएपछि विकल्पको खोजीमा जुटेका हुन्।

त्यसैको तयारी स्वरुप उनले आफू निकट नेता कार्यकर्ताहरूसँगको छलफललाई तीव्र पारेका छन्। आइतबार उनले सुकेधारामा एकता महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्।

उनी निकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले पछिल्लो घटनाक्रम लगायतका विषयमा निवर्तमान अध्यक्षले आफूहरुसँग छलफल गरेको जानकारी दिए।

‘काठमाडौंमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई उहाँले छलफलमा बोलाउनुभएको थियो। पछिल्लो घटनाक्रमको बारेमा आफ्नो धारणा राख्नुभयो,’ बर्तौलाले भने।

छलफलका क्रममा थापाले आफूले पार्टीभित्र उठाएको विषय सम्बोधन गर्न वर्तमान नेतृत्व तयार नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

‘मैले उठाएको विषय सैद्धान्तिक, व्यवहारिक र सांगठनिक रुपमा नै टुंगो लगाइयो भने पार्टीभित्र नै बसेर सक्रियतापूर्वक काम गर्ने वातावरण रहन्छ,’ थापाले आफू निकट नेताहरूसँग भने, ‘नत्र भने विकल्पमा जानुपर्ने हुन्छ। म आफ्नो हिसाबले अगाडि बढ्नुपर्ने अवस्था आउने छ।’

उनले त्यो अवस्थामा ुतपाईंहरुको साथ र सहयोग आवश्यक पर्नेु भन्दै सहभागी नेताहरुलाई जानकारी गराएका थिए। पार्टीभित्र देखिएको समस्या स्थानीय तहको निर्वाचन अघि नै समाधान हुनुपर्छ, भएन भने विकल्पमा जानुपर्ने हुन्छ र त्यसको तयारीमा लाग्नु भनेर उहाँले भन्नुभयो,’ थापाको भनाइ उद्धृत गर्दै बर्तौलाले भने, तपाईंहरुलाई कुनै दबाब दिँदैन, आफ्नो हिसाबले निर्णय गरेर सहयोग गर्नुपर्छ।’

थापाले आफूले अघि सारेको माग सम्बोधन नभएमा पार्टीभित्र रहन नसक्ने पनि प्रष्ट पारेका छन्। उनले नैतिक रुपमा आफूले उठाएका प्रश्नको जवाफ र समाधान नआएमा सक्रिय हुन नसक्ने भन्दै विकल्पमा अर्को पार्टी स्थापना गरेर अघि बढ्ने प्रष्ट संकेत गरेको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए।

‘उहाँको आजको कुरा सुन्दा विकल्पका रुपमा नयाँ पार्टी स्थापना गरेर जाने पूर्ण तयारीमा नै लागेको देखिएको छ,’ ती केन्द्रीय सदस्यले भने, वर्तमान नेतृत्व र शीर्ष नेताहरूले गम्भीर भएर समस्या समाधान नगरेमा पार्टी विभाजन हुनसक्ने देखिन्छ।’

आफूले वर्तमान नेतृत्व र पार्टीका शीर्ष नेताहरूलाई एकताबद्ध पार्टी बनाएर लैजाने विषयमा गम्भीर बन्न आग्रह गरेको थापाको भनाइ थियो।

गत मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीका गतिविधि बहिष्कार गर्दै आएका छन्।

निवर्तमान अध्यक्ष थापाले असन्तुष्टि जाहेर गर्दै आएपछि आइतबार भने महाधिवेशनपछि पहिलोपटक अध्यक्ष लिङ्देनले थापाको निवासमा गएर छलफल गरेका थिए।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *