महामन्त्रीमा पराजित डा. महत भए काँग्रेसको प्रवक्ता
Published:
by .काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. प्रकाशशरण महत पार्टीको प्रवक्ता नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ता नियुक्त गरेका हुन्।
महत हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। उनी संस्थापन (देउवा) समूहका उम्मेदवार थिए। महतलाई हालैमात्र सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए। केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ।
यसअघि कांग्रेस प्रवक्ताको जिम्मेवारी विश्वप्रकाश शर्माले सम्हालिरहेका थिए। शर्मा १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका छन्।
कांँग्रेस प्रवक्ता पार्टीमा पदाधिकारी सरह हुन्छन्। प्रवक्ताका लागि महतसँगै रमेश लेखक र एनपी साउद पनि दौडमा थिए। तीनैजना देउवा निकट हुन्।
Comments