Sajhamanch Archive

एमसीसी बारे निर्णय गर्न माओवादी केन्द्रले बोलायो माघ २८ र २९ का लागि केन्द्रीय समिति बैठक

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले यही माघ २८ र २९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार एमसीसीमा देखिएको बिवाद र साङ्गठनिक राजनीतिक विषयलाई टुङ्गो लगाउन बैठक बोलाइएको हो । यसअघि माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो ।

तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना सङ्क्रमित भएपछि बैठक बस्न सकेको थिएन । माओवादीको आठौँ महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *