Sajhamanch Archive

जन्मोत्सव मनाउने खर्चले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । सतासीधाम जेसीजले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

जेसीजका वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष निर्मला प्रधानकी सासुआमा पदमा कुमारी प्रधान र छोरा नयन प्रधानको जन्म दिनको अवसरमा १२ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

जेसीज पदाधिकारी सदस्य तथा जन्मोत्सव सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रधान परिवारले सासुआमा र छोराको जन्म दिन मनाउने खर्चलाई सतासीधाम जेसीज मार्फत ज्येष्ठ नागरिकलाई जाडोमा न्यानो कपडा वितरण गरेर पुन्य काम गरेको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष अर्जुन भट्टराईले बताए ।

जन्म दिनमा अनावश्यक खर्च गर्नु भन्दा केही सामाजिक काम गर्ने उद्देश्यले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई कपडा वितरण गरिएरको सतासीधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष निर्मला प्रधानले बताइन् ।

कपडा वितरण कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष कुमारसिंह साँवा, सतासीधाम जेसीजका पूर्व अध्यक्ष कमल सेन्चुरी, सतासीधाम जेसीजका राजकुमार वस्नेत, शिशिर उप्रेती, विवेक ढकाल, रोहित बस्नेत, पदम कुँवरलगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *