Sajhamanch Archive

थपिए २ हजार ४०१ संक्रमित, १४ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौ, गएको २४ घण्टामा २ हजार ४०१ कोरोना संक्रमित थपिएका छन्। १६ हजार ३५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

यही अवधिमा १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, आज ७ हजार ७७७ जना डिस्चार्ज भएका छन्।

देशभर आज ३० हजार २४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ। केही दिन यता कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ।

हिजो १ हजार ९५७ संक्रमित थपिएका थिए भने ११ जनाको मृत्यु भएको थियो। यसअघि सोमबार १ हजार ५७० नयाँ संक्रमित थपिएका थिए भने १३ जनाको मृत्यु भएको थियो।

यस्तै, आइतबार १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने ११ जनाको निधन भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *