Sajhamanch Archive

कांँग्रेसको जिल्ला अधिवेशन र भातृ संस्थाबारे कार्यसम्पादन समितिले निर्णय गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांँग्रेसको पदाधिकारी बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठकमा कार्यसम्पादन समितिको बैठक, जिल्ला अधिवेशन र भातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको छ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा भोलि हुने कार्यसम्पादन समितिको बैठकको अजेण्डाबारे आज केही छलफल भएको छ।

कार्यसम्पादन समितिमा सबैले आफ्ना धारणा राख्नुहुन्छ। निर्वाचनमा पार्टी कसरी जाने बारेमा भोलिको बैठकमा छलफल हुन्छ, प्रवक्ता महतले भने, रोकिएका जिल्ला अधिवेशन र भातृ संस्थालाई पूर्णता दिने विषयमा पनि भोलिको बैठकमा थप छलफल गरेर निर्णय गर्छौं।

यसैगरी, अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन र भातृ संस्थालाई पूर्णता दिने विषयमा पनि नेताहरूले आ–आफ्ना धारणा राखेको प्रवक्ता महतले बताए। आजको बैठकमा उठेका विषयलाई सम्बोधन गर्नेगरी कार्य सम्पादन समितिले निर्णय लिने उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *