Sajhamanch Archive

आयात नियन्त्रणमा राष्ट्र बैंक आक्रामक, थप ४७ वस्तुमा कडाइँ

Published: in अर्थतन्त्र, by .

काठमाडौं। बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७।२ महिनाको वस्तु आयात र ६।६ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पर्याप्त रहेको कहालीलाग्दो रिपोर्ट सार्वजनिक गरेकै दिन नेपाल राष्ट्र बैंकले थप ४७ बस्तुको आयातमा कडाइ गरेको छ।

केन्द्रीय बैंकले विदेशी विनिमय९नियमित गर्ने० ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी केन्द्रीय बैंकले थप ४७ बस्तुको आयातमा कडाइ गरेको हो ।

गत पुस ५ गते राष्ट्र बैंकले पहिलो चरणमा केही वस्तुहरुको आयात गर्दा सत्प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । आज भने ४७ मध्ये दुई वस्तुको आयात गर्दा ५० प्रतिशत र ४५ बस्तुको आयातका लागि शतप्रतिशत मार्जिनमा प्रतितपत्र खोल्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले डिजाइन गाडी, मोपेड, साइकल र आश्यक पर्ने मोटर आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको छ ।

यस्तै, कफी, चिया, गाईवस्तुको दाना, शरिरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विडका साथै साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामाग्री, छाला तथा छालाजन्य सामाग्री, कार्पेट र फ्लोरमा लगाउने अन्य सामग्री, कपडा, मोती, बहुमूल्य ढुङ्गा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, कुसन र एन्टिक सामान आयात गर्दा शतप्रतिशत मार्जिन चाहिने व्यवस्था गरिएको छ ।

यसैगरी, परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्फु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदर, ढुङ्गाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्री, माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्ट आयात गर्दा पनि शतप्रतिशत मार्जिन चाहिने व्यवस्था गरिएको हो ।

यो व्यवस्था हुनुअघि व्यवसायीहरुले विभिन्न सामान बैंक ऋण लिएर एलसी खोल्ने गरेका थिए । तर अब बैंक ऋणकै भरमा मात्र माथि उल्लिखित वस्तु आयात गर्न पाइनेछैन । वस्तुहरुको आयात गर्नेसँग सतप्रतिशत पैसा आफैंसँग हुनुपर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *