वेस्ट इन्डिजविरुद्धको वानडे सिरिज एक खेल अगावै भारतलाई
Published:
by .एजेन्सी, वेस्ट इन्डिजविरुद्वको तीन खेलको एकदिवसीय सिरिज घरेलु टोली भारतले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ४४ रनले हराउँदै भारतले सिरिज एक खेल अगावै जितेको हो ।
२३८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन मात्र बनाउन सक्यो । उसका लागि शम्राह ब्रुक्सले ६४ बलमा समान २ चौका र छक्कासहित सर्वाधिक ४४ रनको योगदान दिए । अकिल हुसैनले ३४ र शाई होपले २७ रन जोडे ।
भारतका लागि प्रसिद्ध कृष्णाले चार, शार्दुल ठाकुरले दुई, मोहम्मद सिराज, युजवेन्द्र चाहल, वासिङ्टन सुन्दर र दीपक हूडाले एकरएक विकेट हात पारे ।
त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३७ रन बनाएको थियो ।
उसका लागि सूर्यकुमार यादवले ८३ बलमा ५ चौकासहित सर्वाधिक ६४ रन बनाए । केएल राहुलले ४८ बलमा ४ चौका र २ छक्कासहित ४९ र दीपक हुडाले २९ रनको योगदान दिँदा युजवेन्द्र चाहल ११ रनमा अविजित रहे ।
वेस्ट इन्डिजका ओडेन स्मिथ र अल्जारी जोशेफले दुई/दुई तथा केमार रोच, अकिल हुसैन, जेसन होल्डर र फाबिएन एलनले एकरएक विकेट लिए । एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।
योसँगै भारतले सिरिजमा २-० को अग्रता लिएको छ । पहिलो खेलमा ऊ ६ विकेटले विजयी भएको थियो । भारत-वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । एकदिवसीयलगत्तै दुवै टिमले तीन खेलकै टी–२० सिरिज पनि खेल्ने छन् ।
Comments