Sajhamanch Archive

कुवेतले स्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्नेहरूलाई हुने जरिवानाको रकम घटायो

Published: in मिडियाबाट साभार, स्वास्थ्य by .

काठमाण्डौ । कुवेतले कोरोना रोकथामका लागि लागू गरेका नियमहरूको उलङ्घन गरेमा हुने जरिवाना बापतको रकम घटाएको छ ।

कुवेतको राष्ट्रिय सभाले बुधबार स्वास्थ्य सावधानी सम्बन्धी कानुनको संशोधनलाई अनुमोदन गर्दै सार्वजनिक स्थानमा स्वास्थ्य मापदण्ड सम्बन्धित नियम उल्लङ्घन गर्नेलाई हुने जरिवाना बापतको रकम ५ हजार कुवेती दिनारबाट ५० दिनार अर्थात् झण्डै २० हजार रुपैयाँ बनाएको हो ।

सांसद मोहनाद अल सायरले यो संशोधनले नियम उल्लङ्घनका ८ हजार मुद्दा समाधानमा सहयोग गर्ने अपेक्षा गरिएको बताउनुभएको छ ।

यो सँगै सभाले खोप नलगाएका नागरिकलाई पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाएमा मलहरूमा प्रवेश गर्न अनुमति दिन भनेको छ । उनीहरूले चाहेको देशमा यात्रा गर्न अनुमति प्रदान गर्न पनि भनेको छ ।

यस्तै कुवेतमा बसोबास गर्नेहरूलाई समय नलिएकाहरूलाई पनि कोरोनाको बुस्टर डोज खोप लगाउन भनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *