साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक आज पनि घट्योसेयर बजार परिसूचक आज पनि घट्यो
Published:
by .काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ।
आज नेप्से ११.९६ अंकले घटेर २८०१.५६ अडिएको छ। दिनभर ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आज बजारमा २२७ कम्पनीको ६९ लाख ५० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १३ मध्ये ३ वटा उपसमूहको सूचक वृद्धि भएको छ।
खरिदबिक्री रकममा २५ करोड ४८ लाख रुपैयाँभन्दा बढीसहित नेपाल टेलिकम अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र आइएई जनरल इन्सुरेन्स परेका छन्।
हिजो बजार २२।११ अंकले घटेको थियो भने ३ अर्ब ४७ करोडको कारोबार भएको थियो।
Comments