Sajhamanch Archive

एमसीसी संसद्‌मा टेबुल भयो भने बहुमतले पारित हुन्छ : कांग्रेस प्रवक्ता महत

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांँग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०सँगको सम्झौता संसद्‌मा टेबुल भएमा बहुमतले पारित हुने दाबी गरेका छन्।

कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकपछि बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा डा.महतले एमसीसीलाई धेरै नलम्ब्याइ संसद्‌बाटै टुंग्याउनुपर्ने पनि बताए।

‘यो विषयलाई धेरै लम्ब्याउनु उपयुक्त हुन्न। संसद्‌बाट नै टुंग्याउनु उपयुक्त हुन्छ,’ डा.महतले भने, ‘प्रवेश पनि नगराउने अनि यसमा के छ भनेर भ्रमको खेती गराउने काम भएको छ। प्रवेश भयो भने ठूलो बहुमतका साथ पारित हुन्छ।’

सत्ता गठबन्धनमा रहेका दलका भातृ संस्थाले विरोध गरिरहेका छन् नीरु भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने,‘कसले के गर्‍यो भन्ने भन्दा पनि प्रचण्डजीको पत्र सार्वजनिक भएको नै छ। उहाँले पनि प्रतिबद्धता जनाउनु भएको नै छ। माधव नेपालले पनि यो हुनुहुँदैन भन्नुभएको छैन। समग्रतामा पार्टीको दृष्टिकोण के हो भन्ने हो।’

उनले आजको (केन्द्र कार्यसम्पादन समितिको) बैठकमा एमसीसीको प्रक्रिया अघि बढाउन अरु दलहरुबीच सहमति जुटाउन लाग्ने भन्ने विषयमा नै सबैको धारणा रहेको बताए।

‘संसद्‌मा एमसीसी टेबल गर्ने विषयमा सरकार लागि रहेको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा ल्याउने र संसद्‌मा छलफल गर्नुपर्‍यो भन्ने नै छ।

त्यो विषय पनि त्यहाँ प्रवेश गर्‍यो भने जुन अहिले जनतामा भ्रम र अन्यौल सिर्जना गरिएको छ कम हुन्छ,’ उनले भने, अनावश्यक रुपमा अन्यौलको विषय बनाउनु हुँदैन संसद्‌ले नै यसको निकास निकाल्नुपर्छ भन्ने हो।’

उनले सभामुखको जिम्मेवारी, काम र कर्तव्य प्रष्ट रुपमा उल्लेख भएको भन्दै सभामुख सापकोटाले सरकारबाट पेस भएका विधेयक र महत्वपूर्ण प्रस्तावमा सदनमा प्रवेश गराउनुपर्ने बताए।

म यो गराउँछु, यो गराउँदिन भनेर त उहाँले भन्न मिल्दैन। त्यो विषय प्रवेश उहाँले गराउनुपर्छ हाम्रो पनि आग्रह छ,’ प्रवक्ता डा.महतले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *