Sajhamanch Archive

फागुन पहिलो हप्ता नयाँ दल दर्ता गर्छु : कमल थापा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी स्थापना गर्ने बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसंग पनि उल्लेख गरे।

उनले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्नुपरेको धारणा राखे।

साथीहरूसँग परामर्श गरेर फागुनको पहिलो हप्तामै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उद्घोष गर्दै नेता थापाले नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्ने बताए।

उनले आफूले बोकेको विचार अलपत्र पारेर नछाड्ने भन्दै पार्टीभित्र लाचार र अपमानित भएर बस्नुभन्दा अलग्गै पार्टी खोल्नेमा जोड दिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्नेह, सद्भाव देखाउने तर माग सम्बोधन गर्न नसक्ने स्पष्ट पारेको नेता थापाले आरोप लगाए।

रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *