पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु हुँदा १ हजार १२८ मा कोरोना संक्रमण
Published:
by .काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ।
Comments