Sajhamanch Archive

१३ फागुनमा हुने भयो कांँग्रेसको रोकिएका १६ जिल्लाको अधिवेशन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेपाली कांँग्रेसको १६ जिल्ला अधिवेशन १३ फागुनमा हुने भएको छ । शुक्रबार बसेको निर्वाचन समितिको बैठकले रोकिएका जिल्लाको अधिवेशन अघि बढाउने निर्णय गरेको हो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, सुर्खेत, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ ।

कोरोना भाइरसको संक्रमण न्यून बन्दै गएकाले सरकारले जारी गरेको मापदण्डलाई ख्याल राखेर १३ फागुनमा अधिवेशन गर्ने लागिएको सचिव केशव रिजालले जानकारी दिए ।

अधिवेशन बाँकी रहेका जिल्लाभित्रका निर्वाचन क्षेत्र र वडा अधिवेशन भने १० माघभित्रै सक्न निर्वाचन समितिले निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *