Sajhamanch Archive

नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामाग्री वितरण

Published: (Updated: ) in विविधा, समाज by .

मेचीनगर । सेफ द चिल्ड्रेन, आसमान नेपालद्वारा सञ्चालित कोभिड प्रतिकार्य तथा पूर्वतयारी (इको आइओएम) परियोजना अन्तर्गत मेचीनगर नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको सभाकक्षमा आइओएमका परियोजना प्रवन्धक उमा नेपालले नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सामान हस्तान्तरण गरेका ह्न् । उनले स्थानीय सरकारसँग सहकार्य गरेर परियोजना सञ्चालन गर्दा आगामी दिनमा समेत सहज हुने विश्वास व्यक्त गरे ।

स्थानीय सरकारसँग समन्वय गरेर नाकामा अति आवश्यक संरचना निर्माणमा आफुहरुको साथ सहयोग रहने नेपालको भनाई थियो । नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका निक्कै सम्वेदनशील नाका भएकाले महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिक मैत्री संरचना निर्माणमा उनको जोड थियो ।

प्राप्त सामाग्रीहरुमा पीपीइ सेट ३ सय थान, डिस इन्फेकशन मेशीन १ थान, सप डिस्पेन्सर ३ थान, सप हेण्डवास रिफिल ४२ थान, सेनिटाइजर डिस्पेन्सर २ थान, इन्फेकशन एन्टीसेप्टिक सोलुसन ५० थान, आइ आर थर्मामिटर २ थानलगायत छन् । एघार प्रकारका ४ सय २५ वटा सामान नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

उपप्रमुख उप्रेतीले सामान उपलब्ध गराउने सवै संस्थाप्रति नगरपालिकाकोतर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा समेत यस्ता दातृ संस्थाहरुसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उनको भनाई थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौला र नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले नगरपालिकाले कोभिड १९ नियन्त्रणमा खेलेको भूमिकाका बारेमा जानकारी दिए । उहाँहरुले कोभिड १९ को पहिलो लहरमा निक्कै चूनौति भोग्नु परेको जानकारी गराउदैं तर, चूनौतीलाई अवसरका रुपमा लिएर अघि बढेको बताए । नगरभित्र कोभिड संक्रमितहरुका लागि गरिएका उपचार पद्घति, कोभिड १९ नियन्त्रणका लागि गरिएका कार्यहरुलगायतका बारेमा टिमलाई जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *