Sajhamanch Archive

संसद् बैठक फागुन ४ गतेलाई सार्न प्रधानमन्त्री समक्ष दाहाल र नेपालको आग्रह

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् बैठक सार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

शनिबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका दाहाल र नेपालले फागुन २ गतेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका हुन्। उनीहरूले संसद् बैठक फागुन ४ गतेका लागि बोलाउन भनेका छन्।

२ गतेको बैठकमा उपस्थित हुन नसक्ने भन्दै प्रमुख प्रतिपक्ष एमालेले बैठक सार्न माग गरेकाले बैठक ४ गते तय गर्न प्रधानमन्त्री देउवासँग उनीहरूले आग्रह गरेका दाहालकी प्रमुख स्वकीय सचिव गंगा दाहालले जनाएकी छन्।

यसअघि माघ २६ गतेका लागि बोलाइएको बैठक सभामुख अग्निप्रासद सापकोटाले सूचना टाँस गरेर फागुन २ गतेसम्मका लागि स्थगित गरेका थिए।

सत्ता गठबन्धनका दलहरुबीच एमसीसीका विषयमा सहमित नहुँदा संसद् बैठक सर्दै आएको छ। संसद्‌मा एमालेको अवरोध पनि कायमै छ।एमालेले फागुन १ र २ गते पार्टीको प्रदेशस्तरीय भेला भएकाले संसद् बैठक सार्न मौखिक आग्रह गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *