Sajhamanch Archive

अमेरिकाले पोल्याण्ड पठायो थप ३ हजार सैनिक

Published: in विश्व समाचार, by .

एजेन्सी, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३ हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ।

ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा कुनै पनि समयु आक्रमण गर्न सक्ने बताए । जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछु उनले भने ।

मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ । राष्ट्रपतिको निर्देशनमा अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औं एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३ हजार सिपाहीलाई पोल्याण्ड पठाउन आदेश दिएको, एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इ-मेल गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ। एयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्याण्डमा जाँदै छ ।

यो समूह यसअघि गएका १ हजार ७०० सिपाहीसँग सम्मिलित हुनेछन् । अस्टिनले जर्मनीमा अर्डर गरेको १८ औं एयरबोर्न कोर्प्स मुख्यालय ३ हजार सदस्यहरू पनि देशमा आइपुगेका छन् ।

५ हजार अतिरिक्त मोबाइल र फ्लेग्जिबल कर्मचारीहरू तैनाथ गरेर पेन्टागनले नाटो सहयोगीलाई गठबन्धनको पूर्वी भागविरुद्ध सम्भावित आक्रमणलाई रोक्नको लागि आफ्नो प्रतिबद्धतामा आश्वस्त पार्छु, विज्ञप्तिमा थपिएको छ।

यसैबीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रबार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको सङ्केत भएको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *